२०८२ माघ १५ गते बिहिवार
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी विवादको मुद्दाको हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबारको सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ नकिएपछि शुक्रबारसम्मका लागि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यससँगै शुक्रबार बहस सकिने छ ।
बुधबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तसँगै सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरेका छन्। उनीहरुको बहसअघि रिट निवेदकका वकिलहरूले बहस गरेका थिए।
रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका छन्।
रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले अर्को देशको नागरिकता पाउँदा नेपालको नागरिकता स्वतः खारेज भएको र अर्को देशको त्यागेपछि नेपालको नागरिकता स्वतः कायम भएको तर्क गरे ।
बहसका क्रममा उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीहरूलाई अहिलेसम्म नबुझाएको जिकिर गरेका छन्।
निवेदकका तर्फबाट अधिवक्ता रवि बसौलाले रविले नागरकिता त्यागेको निस्सा अहिलेसम्म नेपालका अधिकारीहरूलाई नबुझाएको र दूतावासबाट जवाफ नआइपुग्दै २०७५ असार ६ गते अध्यागमनमा गएर नागरिकता त्याग्दैछु भनेर सूचना दिएको उल्लेख गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij