Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बागमती सरकारले पूर्णता पायो, कसलाई कुन जिम्मेवारी ?

बागमती सरकारले पूर्णता पायो, कसलाई कुन जिम्मेवारी ?


  • 2.2K
    Shares

    बागमती सरकारले पूर्णता पायो, कसलाई कुन जिम्मेवारी ?

    काठमाडौं । वाग्मती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गरेसँगै ११ सदस्य मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

    उनले पहिले नै नियुक्त भएका मन्त्रीहरुको कार्यभार पनि तोकेका छन् । वाग्मतीमा नेकपा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् । 

    नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् । 

    त्यस्तै, राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । 

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - १५:११:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij