२०८२ भाद्र ३ गते मंगलवार
विराटनगर । विराटनगर १७ मटेरुवामा प्रहरी र तस्करबीच झडप भएको छ । झडपमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।
सीमा क्षेत्रबाट अवैध रुपमा तस्करी गरेर ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्करबीच झडप भएको हो ।
तस्करीमा संलग्न एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै, झडपमा परी एक प्रहरी समेत घाइते भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij