Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

वाग्मती प्रदेश: नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

वाग्मती प्रदेश: नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


  • 1.6K
    Shares

    वाग्मती प्रदेश: नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    वाग्मती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको १७ औं दिनमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएका हुन् ।

    हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । नेकपा एमालेबाट मन्त्रिपरिषद्‌मा एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

    माओवादी केन्द्रबाट युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् ।

    राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी तथा राजु विष्ट वन तथा वातावरण मन्त्रालयको जिम्मेदवारी प्राप्त गरेका छन् ।

    विनाविभागीय मन्त्री रहेका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । एमालेबाट यसअघि जगनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् ।

    वाग्मतीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् भएको छ । प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाइएको हो ।

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - १४:४०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij