Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गृहमन्त्रीविरुद्ध खनिए रावल, सरकारलाई घुँडा टेकाउने दिए यस्तो चेतावनी

गृहमन्त्रीविरुद्ध खनिए रावल, सरकारलाई घुँडा टेकाउने दिए यस्तो चेतावनी


  • 1.6K
    Shares

    गृहमन्त्रीविरुद्ध खनिए रावल, सरकारलाई घुँडा टेकाउने दिए यस्तो चेतावनी

    राप्रपाका युवा नेता विनय रावलले जंगली जनावरका कारण बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने नागरिकको जीवन कष्टकर बनेकोबारे पटक पटक राज्यको ध्यानाकार्षण गराउँदापनि कुनै सुनुवाई नभएको भन्दै अब राजमार्ग बन्दको आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

    उनले वन्यजन्तु र मानवबीचको अन्तरद्धन्द्ध कम गर्नको लागि आफूले गृहमन्त्री रवि लामिछानेको ध्यानाकार्षण गराउन समय मागेकोमा अहिलेसम्म समय नपाएको गुनासो पोखेका छन् । 

    रावलले फेशबुकमा लेखेका छन्–

    अन्तिम पटक ध्यानाकर्षण गराईएकाे सम्बन्धमा !!!

    जंगली जनावरहरूले बर्दिया जिल्लाकाे राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास बसाेबास गरि बस्ने नागरिकहरूले मेहेनेत गरि लगायकाे अन्नबाली नाेक्सान गर्ने, घर भत्काई भण्डारण गरेकाे खाध्यान नाेक्सान गर्ने, खाईदिने बस्तु चाैपायालाई घाईते बनाउने, मारिदिने र मानव समेतलाई बार्षिक रूपमा २०/२५ जना आक्रमण गर्ने र मार्ने गरेकाे बार्षिक तथ्याङकले देखाउदछ । बन्यजन्तु र मानबिचकाे अन्तरद्वन्द्व कम गर्न र दिर्घकालिन समाधानका लागि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन-पत्र बुझाएको र उहाँले समाधानका लागि पहल गर्ने वचन दिनुभएकाे थियाे अहिले सम्म कार्यान्वयन भएकाे छैन ।

    अहिले गृहमन्त्री रबि लामिछाने ज्युलाई भेटेर बर्दिया जिल्लाकाे बन्यजन्तु र मानव बिचकाे अन्तरद्वन्द कम गर्न र दिर्घकालिन पहलका लागि अनुरोध सहितकाे ज्ञापन-पत्र बुझाउन भेट्ने समय मिलाई दिनका लागि उहाँका स्वकीय सचिव दिपक बाेहरालाई पटक-पटक समय मिलाई दिनहुन अनुराेध गर्दा समेत उहाँले वास्ता गर्नु भएन । अब बर्दियालि जनताले कतिदिन याे अन्याय र त्रास्दिपुर्ण वातावरणमा जीवन यापन गर्ने ?

    बर्दियामा दिनानुदिन मानबिय क्षतिका घटनाहरू भईरहने राज्य संयन्त्र कानमा तेल हालेर माैन बस्ने याे कस्ताे लाेकतान्त्रिक पद्वति हाे ? राज्य संयन्त्रको ध्यान कहिले जाने हाे बर्दियालि जनताकाे समस्याहरूमा ? अब हामी सहन सक्दैनौं बाध्य भएर राष्ट्रिय राजमार्ग अबराेध गरि हाम्रा माग सम्बाेधनका लागि चरणवद्व आन्दोलन गरि सरकारलाई घुडा टेकाउने छाै । बर्दियालि जनताहरूलाई कमजाेर ठान्नु सरकारकाे ठुलाे भुल हुनेछ । हामी हाम्रा समस्या समाधानका लागि सम्बन्धित सराेकारवालाहरूकाे अन्तिम पटक ध्यानाकर्षण गराउन चाहान्छाै । जय राष्ट्रबाद, जय पशुपति नाथ !

    प्रकाशित मिति :माघ ११ २०७९ बुधवार - १२:२७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij