Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

१५ प्रतिशत चालू खर्च घटाउन मातहतका सबै निकायलाई अर्थले गर्यो यस्तो परिपत्र

१५ प्रतिशत चालू खर्च घटाउन मातहतका सबै निकायलाई अर्थले गर्यो यस्तो परिपत्र


  • 1.7K
    Shares

    १५ प्रतिशत चालू खर्च घटाउन मातहतका सबै निकायलाई अर्थले गर्यो यस्तो परिपत्र

    सरकारले खर्चमा मितव्ययिता अपनाउन १५ प्रतिशत चालू खर्च घटाउने मापदण्ड, २०७९ लागू गरेको छ । कोभिड-१९ र रुस तथा युक्रेन युद्धका कारण आर्थिक संकट बढ्दै गएपछि सरकारले खर्च कटौती गर्न लागेको हो ।

    अर्थ मन्त्रालयले विभिन्न १७ वटा शीर्षकमा खर्चमा मितव्ययिता अपनाउन मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै खर्च कटौती कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

    अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा चालु खर्च घटाउने व्यवस्थालाई कार्यान्वयनमा ल्याउँदै खर्चमा मितव्ययतिता अपनाउन झण्डै १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

    अत्यावश्यक बाहेकका स्वदेशी र वैदेशिक भ्रमण तथा बोतलको पानीमा समेत अर्थले कडाइ गरेको छ । त्यस्तै, अर्थले लागु गरेको मापदण्डमा अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहित गर्ने उल्लेख छ ।

    त्यस्तै, मन्त्रालयले अति आवश्यकबाहेकका सेमिनार, तालिम, गोष्ठी नगर्ने जनाएको छ । स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गर्दै नगर्दा पनि हुने कार्यक्रमलाई स्थगन गर्ने उल्लेख छ । सम्भव भएसम्म फर्निसिङलगायतका नयाँ सामान नकिन्न अर्थले सुझाएको छ ।

    त्यस्तै, पत्रपत्रिका खरिद, पर्चाहरू छाप्न निरुत्साहित गरेको छ । त्यसैगरी, अत्यावश्यक विना एसी, हिटर र पंखा समेत प्रयोग नगन अर्थमन्त्रालयले माफदण्डमा उल्लेख गरेको छ ।

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - १५:०५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij