Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राष्ट्रपति पदका लागि उम्मेदवारी दिने कांग्रेसको निर्णय

राष्ट्रपति पदका लागि उम्मेदवारी दिने कांग्रेसको निर्णय


  • 1.6K
    Shares

    राष्ट्रपति पदका लागि उम्मेदवारी दिने कांग्रेसको निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । आज (सोमबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

    राष्ट्रपतिका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन बाँकी रहेको कांग्रेस नेता शेखर कोइरालाले बताए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखका लागि उम्मेदवारी दिएको थियो ।

    वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते समाप्त हुँदैछ । एक महिनाअघि गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन आयोगले माघको अन्तिमसम्ममा चुनाव गर्ने तयारी गरेको छ ।

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - १२:०९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij