Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज र भोलि बस्दै, के-के छन् एजेण्डा ?

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज र भोलि बस्दै, के-के छन् एजेण्डा ?


  • 1.4K
    Shares

    राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज र भोलि बस्दै, के-के छन् एजेण्डा ?

    काठमाडौं । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौँ’ भन्ने संकल्पका साथ पार्टी केन्द्रीय समितिको बैठक काठमाडौंमा आज र भोलि बस्दै छ । निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

    केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाद्वारा राजनीतिक कार्यपत्र , सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता वसन्तमानसिंह अधिकारीले जानकारी दिए । 

    प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले टिप्पणीसहित आफ्नो धारणा राख्नेछन् । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरुमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए । 

    प्रकाशित मिति :माघ ९ २०७९ सोमवार - ११:२५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij