यस अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ६४.११ प्रतिशतले बढेर १ अर्ब ५ करोड ८० लाख ६० हजार रुपैयाँ भएको छ । गत वर्ष यसको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रुपैयाँ रहेको थियो । हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
बैंकले पुस मसान्तसम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको पुससम्ममा बैंकले एक खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको थियो।
यस्तै, पुस मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २४.२० प्रतिशत र सञ्चालन नाफा १.५४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २८ पैसाले बढेर १९.९९ रुपैयाँ कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १९.७१ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।