Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

चितवनमा निर्माणाधिन गौतमबुद्ध रंगशालाको खर्च विवरण सार्वजनिक गर्दै धुर्मस–सुन्तली फाउन्डेसन

चितवनमा निर्माणाधिन गौतमबुद्ध रंगशालाको खर्च विवरण सार्वजनिक गर्दै धुर्मस–सुन्तली फाउन्डेसन


  • 1.7K
    Shares

    चितवनमा निर्माणाधिन गौतमबुद्ध रंगशालाको खर्च विवरण सार्वजनिक गर्दै धुर्मस–सुन्तली फाउन्डेसन

    चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको धुर्मुस–सुन्तली फाउन्डेसनले खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । फाउन्डेसनले वि.सं २०७४ सालमा चितवनमा रंगशाला निर्माणको काम थालनि गरेको थियो ।

    आर्थिक अभावका कारण फाउन्डेसनले निर्माण कार्यबाट बीचबाट नै हात झिकेको थियो । कुल ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । जसमा ५४ करोड खर्च भएको धुर्मुस–सुन्तली फाउन्डेसनले जनाएको थियो । त्यसको ऋण नै १६ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले निर्माण कार्य रोकेका थिए ।

    त्यसपछि हालसम्म फाउन्डेसनले खर्च विवरण सर्वाजनिक गरेको छैन् । फाउन्डेसनका अध्यक्ष सितारम कटेलले अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसावले तयारी भएको बताए। ‘अबको १० देखि १५ दिनसम्म खर्च विवरण सार्वजनिक गर्ने हिसावले तयारी थालेका छौं । खर्च विवरण बाहेकका अन्य विषय पनि छन् । सबै सार्वजनिक गर्ने हाम्रो योजना छ,’ कटेलले कुराकानीमा भने ।

    त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

    २० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दैछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले बताएपनि हालसम्म निर्माण हुन सकेको छैन । 

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १३:३३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij