Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक निर्माण 

राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक निर्माण 


  • 7.0K
    Shares

    राष्ट्रिय विभूति साख्वाः र मानव अधिकार अभियानका अगुवा तुलाधरको शालिक निर्माण 

    काठमाडौँ । आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन–मुटुमा छन् ।

    नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । साख्वाःको सम्झनामा अहिले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ । 

    नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधर पनि धेरैले सम्झिरहने नाम हो ।  उनलाई प्रजातान्त्रिक आन्दोलका नेताका रुपमा पनि चिनिन्छ । देशका लागि उल्लेखनीय योगदान दिएका साख्वाः र तुलाधर जस्ता वैभव व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।

    n.jpg

     

    यस अघि पनि महानगरपालिकाले जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री)को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको छ ।  महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको हो । धर्मभक्तको पुर्ख्यौली टोल झोँछेमा पनि महानगरपालिकाले उनको सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेको छ । आज सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गर्नभयो । शालिकमा मन्त्री श्रेष्ठलगायतले माल्यार्पण गर्नुभयो । 

    nnnn.jpg

    करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गर्नुभएका ती दुई शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गर्नुभयो । ‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ । वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए ।

    यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले शालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ ।’ उहाँहरु दुबै ईतिहास  पुरुष भएको पनि स्मरण गराउनुभयो । उहाँले रत्नपार्कलाई  ‘शंखधर उद्यान’ घोषणा गरी त्यसकै रुपमा  स्थापित गराउनु ठुलो कुरा भएको बताउनुभयो । त्यसैगरी नेपाल सम्वतलाई राष्ट्रिय सम्मतका रुपमा स्थापित गराउने कुराम कसैको विमति नरहने पनि स्मरण गराउनुभयो । उहाँले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका विभुति घोषणा गरेको भन्दै उहाँको पनि स्मरण गर्नुभयो । वामपन्थी आन्दोलका अगवा तुलाधर र प्रजातान्त्रिक आन्दोलनका अगुवा गणेशमा सिंहको विचमा शंखधरको शालिक निर्माण हुनु इतिहासको सम्मान हो, उहाँले भन्नुभयो ।  नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन आन्दोलन गरेको नेपालभाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिई राष्ट्रिय पञ्चायत भित्रै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जस पनि जान्छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिनुभयो ।

    ‘उहाँहरुको योगदानलाई कतियय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनौँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न   मनमुटुमा छन्, उहाँले भन्नुभयो, ‘हामीले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छौँ । हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छौँ । उहाँले काठमाडौंका नेवार मात्रै होइन सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधारप्रति सम्मान गर्न पाएका छौँ ।’ 

    वागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाललले पनि सम्वोधन गर्नभएको थियो । सहरी विकास राज्यमन्त्री रामविर मानन्ध पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा उपप्रमख हरि प्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरि शालिक निर्माण गर्ने अवसर महानगरले प्राप्त गरेकोमा खुशी व्यक्त गर्नु भो । 
    कार्यक्रममा पद्मरत्नकी छोरी सुम्निमा तुलाधरले पिताजीको सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताउनुभयो ।

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १२:१५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij