Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

शेखर-गगन समूहको बैठक सम्पन्न, अर्को बैठक मंगलबार बस्ने

शेखर-गगन समूहको बैठक सम्पन्न, अर्को बैठक मंगलबार बस्ने


  • 2.2K
    Shares

    शेखर-गगन समूहको बैठक सम्पन्न, अर्को बैठक मंगलबार बस्ने

    नेपाली कांग्रेस संस्थापनइतर शेखर–गगन समूहको बैठक पुनः बस्ने गरी सम्पन्न भएको छ । आज (आइतबार) काठमाडौं बत्तिसपुतलीको एक होटलमा बसेको बैठक पुनः बस्ने गरी सम्पन्न भएको हो ।

    बैठकमा देशको विकसित एवं समसामयिक राजनीतिक घटनाक्रम र त्यसको अवस्थाका विषयमा छलफल भएको नेता गुरुराज घिमिरेले जनाकारी दिए ।

    प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्र्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको अर्का नेता अर्जुननरसिंह केसीले बताए ।

    बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको सन्दर्भमा सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका थिए ।

    प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरूले सभापतिको कार्यशैलीको आलोचना गरेका थिए । शेखर–गगन समूहको बैठक पुनः १० गते मंगलबार बस्नेछ ।

     
     

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १३:०६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij