Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

छोटो फिल्म ‘ब्लड मनी’बाट ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

छोटो फिल्म ‘ब्लड मनी’बाट ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड


  • 2.2K
    Shares

    छोटो फिल्म ‘ब्लड मनी’बाट ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड
    images

    छोटो फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

    फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि फेस्टिभलमा सम्मान गरिएको थियो । अन्य मुलुकका फिल्मले समेत प्रतिस्पर्धा गरेको फेस्टिभलमा यो नेपाली छोटो फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको र विदेशी निर्माता नेपालमा फिल्म छायांकन गर्न इच्छुक रहेको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यो फिल्मले यसअघि पनि सिंगापुरको ओल्ड फिल्म कार्निभल फेस्टिभल लगायतका महोत्सवमा अवार्ड जितेको थियो । डेढ दशकदेखि अष्ट्रेलियामा रहँदै आएका निर्देशक तिमल्सिनाले फिल्ममार्फत पारिवारिक अवस्थाले विदेशिएका युवाले हातमुख जोर्न गरेको संघर्षको कथा भन्छ ।

    २८ मिनेटको यो फिल्ममा छोराको भूमिकामा तिमल्सिना स्वयंले अभिनय गरेका छन् भने आमाको भूमिकामा मिथिला र पत्नीको भूमिकामा ऋचाले अभिनय गरेकी छन् । युट्युबबाट पनि रिलिज भइसकेको यो फिल्मलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको जनाइएको छ ।

    कामको कुरा गर्दा ऋचा अभिनित फिल्म ‘चि मुसी चि’ हालै रिलिज भएको थियो भने उनले निर्माण गरेको फिल्म ‘कौसीद’ रिलिजको तयारीमा छ ।

    प्रकाशित मिति :माघ ८ २०७९ आइतवार - १२:१३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij