२०८२ माघ १५ गते बिहिवार
उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबिच प्रतिस्पर्धा हुने भएको छ।
रास्वपाबाट प्रतिनिधिसभाको उपसभामुखमा मगरले उम्मेदवारी दर्ता गरेकी छन्। मगरलाई उपसभामुखमा रास्वपाकी सोविता गौतमले प्रस्ताव गरेकी हुन्।
समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन्।
यता कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ। यादवको समर्थकमा कांग्रेस सहामहामन्त्री बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन्।
यादव नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत हुन्। कांग्रेसले उपसभामुखमा ईश्वरी न्यौपानेलाई अघि बढाएको थियो। न्यौपानले १०० मत पाउँदा एमालेका देवराज घिमिरे १६७ मत पाउँदै सभामुखमा निर्वाचित भए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij