२०८२ माघ १५ गते बिहिवार
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरलले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
सोही निर्णयअनुसार रानाले उपसभामुखको पदको उम्मेदवारी संसद सचिवालयमा दर्ता गराएकी हुन्।
रानाको प्रस्तावकमा रास्वपा नेत्री सोविता गौतम छन् भने समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, नेकपा माओवादी केन्द्रकी नेत्री नारायणी शर्मा, एमालेका कृष्ण गोपाल श्रेष्ठ छन्।
उपसभामुखकाे उम्मेदवारी दर्ता आज दिउँसाे १ बजेदेखि बेलुका ४ बजेसम्म हुँदैछ।
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे बिहीबार निर्वाचित भइसकेका छन्। उपसभामुखकाे निर्वाचन भाेलि शनिबार हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij