Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रधानमन्त्री महिला टी–२० क्रिकेटः सुदुरपश्चिम फाइनलमा, मधेस ११४ रनले पराजित

प्रधानमन्त्री महिला टी–२० क्रिकेटः सुदुरपश्चिम फाइनलमा, मधेस ११४ रनले पराजित


  • 2.3K
    Shares

    • images
    प्रधानमन्त्री महिला टी–२० क्रिकेटः सुदुरपश्चिम फाइनलमा, मधेस ११४ रनले पराजित
    images

    मधेश प्रदेशमाथि ११४ रनको प्रभावशाली जित निकाल्दै सुदूरपश्चिम टिम प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ ।

    इटहरीको जनता मावि मैदानमा शुक्रबार विहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रनको विशाल योगफल खडा गरेको थियो । प्रतियोगितामा अहिलेसम्म कुनै पनि टिमले बनाएको यो सबैभन्दा ठूलो योगफल हो ।

    सुदूरपश्चिमका ओपनरद्वय कप्तान विन्दू रावल र कविता कुँवरले १२८ रनको साझेदारी गरेका थिए । यो प्रतियोगिताकै सर्वाधिक ओपनिङ साझेदारी हो । ५४ बलमा १२ चौका र १ छक्कासहित ७० रन बनाएर कविता आउट भएपछि आएकी कविता जोशीसँग मिलेर कप्तान विन्दूले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरिन् ।

    अविजित रहेकी विन्दूले ५२ बलमा ९ चौकासहित ६० रन बनाइन् । इनिङ्सको अन्तिम बलमा आउट हुनुअघि कविता जोशीले १५ बलमा ४ चौका र २ छक्कासहित विष्फोट ३२ रनको पारी खेलिन् । सुदूरपश्चिमले १८ अतिरिक्त रन पाएको थियो । बलिङमा मधेशकी साना प्रविण र भूमी सिंहले १–१ विकेट लिए ।

    जवाफमा मधेशले ८ विकेट गुमाएर ६६ रनमात्र बनाउन सक्यो । उसका लागि एलिशा यादव (१४ रन), सीमा कुँवर (१६ रन) र प्रतिमा साह (१९ रन)बाहेक अन्यले दोेहोरो अंकको स्कोर गर्न सकेनन् । मधेशका दुई ब्याटर खाता नखोली, दुईजना २ रनमा आउट भएका थिए भने ३ जनाले एकभन्दा बढी रन स्कोर गर्न सकेनन् ।

    मधेशलाई सस्तैमा रोक्न सुदूरपश्चिमका मनिषा चौधरी र ऋतु कनोजियाले २–२ विकेट लिए । कविता कुँवर र स्नेहा महराले १–१ विकेट लिए ।

    प्रतियोगिताको देस्रो सेमिफाइनलमा विभागीय टोली एपीएफ र घरेलु टोली प्रदेश १ बीच शुक्रबारै प्रतिस्पर्धा भइरहेको छ । सुदूरपश्चिमले यो खेलको विजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ ।

     

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - १३:३४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij