Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

 नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

 नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ


  • 1.6K
    Shares

     नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

     नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । 

    शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

    सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका घिमिरे प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट सभामुख चयन भएका हुन् । २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई मतविभाजनमा लैजाँदा उपस्थित २ सय ६८ सांसदमध्ये १ सय ६७ सांसदले पक्षमा मत दिएका थिए ।

    प्रकाशित मिति :माघ ६ २०७९ शुक्रवार - ११:५७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij