Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सभामुखको चुनावमा संसद भवन पुगेका थिए कोइरी, मतदान नै नगरी फरार

सभामुखको चुनावमा संसद भवन पुगेका थिए कोइरी, मतदान नै नगरी फरार


  • 2.7K
    Shares

    सभामुखको चुनावमा संसद भवन पुगेका थिए कोइरी, मतदान नै नगरी फरार

    काठमाडौँ । नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी सभामुखको चुनावमा संसद भवन पुगेका थिए । तर उनी मतदान नै नगरी त्यहाँबाट निस्किएका छन् ।

    नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उनको उपस्थितिबारे गृहमन्त्री रवि लामिछाने बोलिरहेका बेला प्रश्न गरे लगत्तै कोइरीले संसद भवन छाडेका हुन्। उनी सत्ता पक्ष बस्ने बेन्चको सातौँ लहरमा बसेका थिए।

    कोइरी एमालेबाट उम्मेदवार भएर महोत्तरी १ बाट निर्वाचित भएका हुन् । उनीमाथि २०७२ सालमा संविधान जारी हुँदा मधेसमा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई एम्बुलेन्सबाट निकालेर हत्या गरेको आरोप छ ।

    महोत्तरी जिल्ला अदालतबाट धरौटीमा छुटेका महतोलाई उच्च अदालतले थुनामै राख्न आदेश दिएको छ। तर उनी पक्राउ परेका छैनन्। कोइरी अझै पनि प्रहरीको फरार सूचीमा रहेका छन्।

    गृहमन्त्री लामिछानेले उनलाई पक्राउ गर्न निर्देशन दिएको बताए पनि उनी सत्ताको आडमा अझैसम्म पनि प्रहरीको नियन्त्रणमा छैनन्।

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - १७:१०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij