Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कञ्चनपुर दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

कञ्चनपुर दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते


  • 9.3K
    Shares

    कञ्चनपुर दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक महिलाको मृत्यु भएको छ ।

    कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमै सवार १५ वर्षीया ममता जोशीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालक मृतक रामेश्वरीका श्रीमान् र गम्भीर घाइते ममता छोरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

    दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर छ," प्रवक्ता थापाले भने, "आमाको उपचारका लागि धनगढी ल्याउँदा मृत्यु भयो ।"  प्रहरीले ट्र्याक्टर र चालक शुक्लाफाँटा नगरपालिका–१२ का लक्की रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।
     

    प्रकाशित मिति :मंसिर ७ २०७७ आइतवार - १२:१०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij