Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी, को हुन् घिमिरे ?

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी, को हुन् घिमिरे ?


  • 1.8K
    Shares

    प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी, को हुन् घिमिरे ?

    प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। बिहीबार बानेश्वरस्थित संसद भवनमा सभामुख पदका लागि भएको निर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार घिमिरे बहुमतका साथ सभामुखमा निर्वाचित भएका हुन्।

    संसद भवनको ल्होसे हलमा भएको मत विभाजनमा घिमिरेले १६७ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरिन्। एकजना सांसद तटस्थ बसे।

    घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने थिए। बैठकमा कूल २६८ सांसद उपस्थित थिए।  

    सभामुख घिमिरे झापा -२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्। आफ्ना विचारहरु स्पष्ट रुपमा राख्ने नेताका रुपमा चिनिन्छन्। उनी २०१३ साल जेठ १३ गते सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा,ताप्लेजुङमा जन्मिएका हुन्। घिमिरेले स्नातक तहसम्मको अध्ययन गरेका छन्।

    २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा सदस्य बनेका हुन्।

    व्यक्तिगत विवरण

    नाम :  देवराज घिमिरे
    ठेगाना : अर्जुनधारा नगरपालिका वडा नम्बर ६,झापा
    जन्मस्थान : सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा,ताप्लेजुङ
    जन्ममिति : २०१३ साल जेठ १३ गते
    बुवाको नाम : पदमप्रसाद घिमिरे
    आमाको नाम : भिमकुमारी घिमिरे
    वैवाहिक स्थिति : विवाहित
    श्रीमतीको नाम : टिकादेवी बस्नेत (घिमिरे)
    शैक्षिक योग्यता : स्नातक

    बाल्यकाल र शैक्षिक अवस्था

    ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका वडा नं ३ मा बुवा पदम प्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रुपमा वि.सं.२०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो । निम्न मध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एसएलसी उत्तीर्ण गरेका  थिए। उनले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए.र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका हुन्।

    राजनीतिमा प्रवेश

    वि.सं.२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए। २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए।

    राजनीतिक जिम्मेवारी

    २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा पाएका जिम्मेवारीहरु–
    २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक,
    २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख,
    २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य,
    २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज,
    २०५८ सालमा केन्द्रीय विभाग अन्र्तगत स्वास्थ्य विभागको इन्चार्ज । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, 
    प्रगतिशील प्राध्यापक संघको इन्चार्ज,
    २०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष, 
    २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज,
    (भूमिगत राजनीतिमा पञ्चायती शासकले उहाँको राजनीतिक गतिविधि नियन्त्रणका लागि पटक पटक पक्राउ पूर्जी जारी गरेको)

    मोर्चाको जिम्मेवारी
    २०५६ सालमा राष्ट्रिय सभा सदस्य
    २०७९ मा प्रतिनिधि सभा सदस्य ।

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - १५:४१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij