Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी


  • 2.4K
    Shares

    प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे विजयी

    नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । प्रतिनिधिसभाका बहुमत सांसदको समर्थनमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । 

    सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।

    प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । 

    घिमिरेलाई नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तथा ३ स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

    त्यसअघि प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । 

    स्वतन्त्र सांसद स्वागत नेपाललाई पराजित गर्दै घिमिरे झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको थियो । 

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - १५:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij