Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सांसद राउतको प्रश्न: मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने ?

सांसद राउतको प्रश्न: मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने ?


  • 1.6K
    Shares

    सांसद राउतको प्रश्न: मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने ?

    जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले नेपालमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिका कुरा उठाइने गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै केवल पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरे पनि देश संकटमा पर्दा भने सबै राजनीतिक दल मौन बस्ने गरेको बताएका हुन् । 

    राउतले राष्ट्रिय सहमति केका लागि भन्दै दलहरूलाई प्रश्न गर्दै भने, 'राष्ट्रिय सहमति केका लागि हो ? खालि पदका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचनका लागि राष्ट्रिय सहमति हो कि देश संकटमा पर्दा पनि हो ? देश संकटमा पर्दा राष्ट्रिय सहमति खोइ त ?' तराईमा शीतलहरको प्रभाव र देशको अर्थतन्त्र संकटमा परिररहेको उल्लेख गर्दै उनले भने, 'तराई शीतलहरले ग्रसित छ, देशको अर्थतन्त्र संकटमा पर्दा राष्ट्रिय सहमति हुन्छ कि हुन्न ? यो सरकार र संसद्ले नश्लवादी चिन्तन देखाइरहेको छ ।'

    मधेसी दलहरूलाई पाखा लगाउन खोजिएको उल्लेख गर्दै उनले भने, 'कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।'

    मधेस आन्दोलनका सहिदहरूलाई अझै पनि सरकारले सम्मान नदिएको उनको आरोप थियो । सरकार आफैले सहिद घोषणा गरे पनि मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्मानमा भने ध्यान नदिएको उनले बताए ।

    सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि गृहमन्त्री रवि लामिछानेसहित अधिकांश दलका सांसदहरूले उठेर मौनधारण गरेका थिए ।

    राउतले जनमत पार्टी अहिले पनि सरकारमै रहेकाले सभामुखमा एमाले उम्मेदवार देवराज घिमिरेलाई मत दिने बताए । यसअघि जनमतले आफूलाई दिने भनिएको उद्योग मन्त्रालय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । जनमतबाट मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण गरेका छैनन् । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - १४:३२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij