Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मलेसियामा नौ महिनादेखि हराएका आशनारायण भेटिएमा खबर गर्न दूतावासको आग्रह

मलेसियामा नौ महिनादेखि हराएका आशनारायण भेटिएमा खबर गर्न दूतावासको आग्रह


  • 2.1K
    Shares

    मलेसियामा नौ महिनादेखि हराएका आशनारायण भेटिएमा खबर गर्न दूतावासको आग्रह

    काठमाण्डाै / विगत ९ महिनादेखि मलेसियामा सम्पर्कविहीन हुनुभएका आशनारायण चौधरीलाई भेटाएमा खबर गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । 

    वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभएका आशनारायणको नेपाल घर सुनसरीको इटहरी उपमहानगरपालिका ११ मा पर्छ । २०७६ को जेठमा रोजगारीको लागि मलेसिया जानुभएका आशनारायण साआलम सहरमा रहेको डीआई इलेक्ट्रिोनिक्स स्पेन्डिड एसडीएन बीएचडीमा कार्यरत हुनुहुन्थ्यो । उहाँ गएको वैशाख १२ गतेदेखि सम्पर्कविहीन भएकाले दूतावासले खाेजी कार्य गर्दै आएको छ ।

    रोजगारदाता, आशनारायणका साथीहरु तथा मलेसियन प्रहरीसमेतको सहयोगमा खोजतलास गरे पनि अहिलेसम्म भेटाउन नसकिएको दूतावासले जनाएको छ । 

    आशनारायणको खोजी कार्यमा सहयोग पुग्ने केही जानकारी भए वा आशनारायणलाई देखेमा कार्यालयको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - ११:५२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij