केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले माघ ५ गते रिपोको बोलकबोल गर्नेछ ।
रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ । राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।
यो रिपो माघ १९ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।