Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले गर्यो यस्तो प्रस्ताव

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले गर्यो यस्तो प्रस्ताव


  • 7.5K
    Shares

    विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले गर्यो यस्तो प्रस्ताव

    काठमाण्डौ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बापतको रकम ल्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ संशोधनको तयारी गर्दै एफडीआईबापतको रकम भित्राउँदा पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो । 

    यसका लागि राष्ट्र बैंकले राय सुझाव माग गरेको छ । विनियमावलीमा भनिएको छ, ‘विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपछि त्यसबापतको  विदेशी मुद्रा नेपाल भित्र्याउन वा पठाउन नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने छैन । तर विदेशी लगानी स्वीकृत भएपछि विदेशी मुद्रा भित्राउन वा पठाउनुअघि तोकिएको ढाँचामा इकाईमा लिखित जानकारी दिनुपर्नेछ ।’

    नेपालमा वैदेशिक लगानीबापतको रकम भित्राउन प्रक्रिया लामो भएको गुनासो आएकाले यसलाई सुधार गर्न लागिएको राष्ट्र बैंकका विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले उज्यालोलाई जानकारी दिनुभयो । 

    ‘राष्ट्र बैंकको अधिकारले भ्याएसम्मका हरेक विषयमा हामीले सरलीकरण गरिरहेका छौँ, प्रत्यक्ष वैदेशिक लगानीबापतको रकम भित्राउन पनि प्रक्रिया लामो भएको गुनासो आएपछि यसलाई संशोधन गरेर केही सरल बनाउने प्रयास गरेका छौँ’, मिश्रले भन्नुभयो । 

    राष्ट्र बैंकले यसअघि डलर खाताविना पनि पाँच सय डलरसम्म भुक्तानी गर्न सकिने प्रस्ताव गरिसकेको छ । 

     

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १३:३३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij