Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

आज सभामुख चयन गरिँदै, एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा

आज सभामुख चयन गरिँदै, एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा


  • 2.5K
    Shares

    आज सभामुख चयन गरिँदै, एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा
    images

    सभामुख चयनका लागि आज (५ माघ) प्रतिनिधि सभा बैठक बस्दैछ। संसद सचिवालयका अनुसार बिहीबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि मतदान हुँदैछ। 

    बुधबार दिउँसो सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश समर्थकमा प्रकाश ज्वाला छन्।

    २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ। एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ सांसद घिमिरेको पक्षमा छन्।

    यस्तै उनको प्रतिस्पर्धी उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेस ९९ मत दिन पाउने ८०, जसपा १२, एकीकृत समाजवादी पार्टी १०, लोसपा ४, मत निश्चित छ।  

    प्रकाशित मिति :माघ ५ २०७९ बिहिवार - ०७:४९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij