Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मधेश प्रदेश: मुख्यमन्त्री यादवलाई कांग्रेसहित सबै दलले दिए विश्वासको मत

मधेश प्रदेश: मुख्यमन्त्री यादवलाई कांग्रेसहित सबै दलले दिए विश्वासको मत


  • 1.6K
    Shares

    मधेश प्रदेश: मुख्यमन्त्री यादवलाई कांग्रेसहित सबै दलले दिए विश्वासको मत

    मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशसभाबाट सर्वसम्मत विश्वासको मत पाएका छन्। १०७ सदस्यीय प्रदेशसभामा १०२ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए। 

    मतदानमा सहभागी सबै प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएपछि सर्वसम्मतले विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिए। 

    मुख्यमन्त्री यादवलाई जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएका छन्।

    त्यस्तै, मधेश प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ। प्रदेशसभामा प्रतिपक्षमा बस्नेगरी कांग्रेसका २२ जना सदस्यहरुले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिए।यस्तै, नेकपा एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्यले पनि प्रतिपक्षीमा बस्ने गरी विश्वासको मत दिएका छन्।  

    प्रदेशसभामा हाल १०५ सांसद छन्। माओवादीका २ प्रदेशसभा सदस्यको शपथ विवादका कारण रोकिएको छ।

    गत पुस २७ गते ६३ प्रदेशसभा सदस्यहरुको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जसपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवले गत पुस २९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए।

     

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - १६:३१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij