२०८२ माघ १५ गते बिहिवार
विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक शुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार अपराह्न बैठक शुरू भएको हो ।
बैठकमा सरकारको प्रवक्ता तोक्ने तथा अन्य नियमित एजेन्डामा छलफल हुने स्रोतले जानकारी दियो ।
सामान्यतया सूचना तथा सञ्चारमन्त्रीलाई प्रवक्ताको जिम्मेवारी दिने चलन छ । अहिले माओवादी केन्द्रकी रेखा शर्मा प्रवक्ता छिन् ।
सञ्चारमन्त्री नियुक्त नहुँदासम्म उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रवक्ताको जिम्मेवारी बहन गरेका थिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शपथ ग्रहणको २२ दिनपछि मंगलवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
एक प्रधानमन्त्री, ४ उपप्रधानमन्त्री र १५ मन्त्री तथा ३ राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् छ । २ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले राखेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij