२०८२ माघ १५ गते बिहिवार
सभामुखमा नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र सत्तागठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता मनोनयन दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा अघिपछि गरेर दुवैले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।
सुरुमा एमालेका सांसद घिमिरेले मनोनयन दर्ता गराएका थिए । त्यसपछि कांग्रेसकी न्यौपानेले मनोनयन दर्ता गरेकी छिन्।
उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् । यस्तै, उनलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।
यता, घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् । उनलाई सत्तागठबन्धन दलको दह्रो समर्थन रहेको छ ।
सभामुख पदको निर्वाचन भोलि बिहीबार ५ गते हुँदैछ । सभामुखको निर्वाचनमा कस्ले मार्ला बाजी त्यो भोलि नै देखिनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij