Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

लुम्बिनी प्रदेश: नवनिर्वाचित सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेश: नवनिर्वाचित सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको शपथ


  • 1.4K
    Shares

    लुम्बिनी प्रदेश: नवनिर्वाचित सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको शपथ

    लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसाे सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन्।

    आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई शपथ ग्रहण गराए।

    प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको थियाे। सभामुखको शपथग्रहण पश्चात् उपसभामुख मेनुका खाँड केसीको शपथ ग्रहण भएको छ।

    प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष उपसभामुखले शपथ लिएकी हुन्।

    मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत् निर्विरोध चयन गरिएको थियाे। प्रदेशसभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ।

    साथै, उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ।

    सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए।

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - १४:५६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij