२०८२ माघ १५ गते बिहिवार
काठमाडौँ । सत्ता गठबन्धन दलको तर्फबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनले सभामुखका उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवास नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij