Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सभामुखमा उमेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय

सभामुखमा उमेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय


  • 1.7K
    Shares

    सभामुखमा उमेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय

    नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उमेदवारी दिने निर्णय गरेको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

    दिउँसो २ बजे संसदीय दलको बैठक बसेर उमेदवारको टुंगो लगाउने निर्णय गरिएको छ । त्यसअघि, अरू दलका नेताहरूसँग छलफल गरेर बहुमत जुटाउन प्रयास गर्ने बताइएको छ ।

    “कांग्रेस पदाधिकारी पूर्वपदाधिकारी बैठक सम्पन्न भएको छ । आजै सभामुखको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले उमेदवारी दिने निर्णय भएको छ,” नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, “त्यसका लागि २ बजे संसदीय दलको बैठक बोलाइएको छ । त्यसअघि अन्य दलहरूसँग छलफल हुनेछ ।”

    आजै पदाधिकारी बैठकअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देउवालाई भेटेका थिए ।

    कांग्रेस नेताले फेरि एकपटक एकीकृत समाजवादी, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाका नेतासँग छलफल गर्ने तयारी गरेका छन् ।

    सभामुख एकीकृत समाजवादी वा विपक्षी अरू दललाई दिएर उपसभामुख र राष्ट्रपतिमा आफ्ना उमेदवार उठाउने विकल्पमा कांग्रेस नेताले छलफल गर्न लागेको बताइएको छ ।

    प्रकाशित मिति :माघ ४ २०७९ बुधवार - १२:०१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij