२०८२ माघ १५ गते बिहिवार
सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्। मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जाेशीले भण्डारीलाई शपथ गराएका हुन्।
भण्डारी मंगलबार बिहान १० बजे बसेकाे प्रदेश सभाकाे बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन्। आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ। सत्ता साझेदारी दलले यहाँ उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेकाे छ।
नागरिक उन्मुक्तिले भने आफ्नो माग पूरा नभएसम्म तत्काल सरकारमा सहभागी नहुने बताएकाे छ। साेही अनुसार उपसभामुखका लागि पनि उम्मेदवार नठाउने नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चाैधरीले बताए।
नागरिक उन्मुक्तिले उपसभामुख नलिए सत्ता पक्षले एमालेबाट उपभामुखका लागि उम्मेदवार बनाउने तयारी छ। सभामुखकाे अध्यक्षतामा सर्वदलीय बैठकले उपसभामुखकाे निर्वाचनसम्बन्धी कार्यसूची तयार पार्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij