Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

यस्तो बन्ने भयो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

यस्तो बन्ने भयो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)


  • 2.2K
    Shares

    यस्तो बन्ने भयो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्दै छन्।  सोमबार राति सकिएको सत्ता साझेदार दलहरुको बैठकले एमालेलाई ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीलाई ४ मन्त्री र एक राज्यमन्त्री, रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने गरि सहमति भएको हो।

    भागबण्डा अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, संघीय मामिला र पर्यटन मन्त्रालय पाउने भएको छ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ भने राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाउने भएको छ।

    यस्तो बन्ने छ प्रचण्डको मन्त्रिमण्डल

    प्रधानमन्त्री- पुष्पकमल दाहाल

    उपप्रधान तथा अर्थ मन्त्री- बिष्णुप्रसाद पौडेल

    उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री- नारायणकाजी श्रेष्ठ

    उपप्रधान तथा गृह मन्त्री- रवि लामिछाने

    उपप्रधान तथा ऊर्जा मन्त्री- राजेन्द्र लिङदेन

    मन्त्रीहरू

    एमालेबाट

    पदम गिरी- स्वास्थ्य

    डा. विमला राई पौडेल- परराष्ट्र

    हरि उप्रेती- टुंगो लाग्न बाँकी

    ज्वाला कुमारी साह- कृषि

    भगवती चौधरी- टुंगो लाग्न बाँकी

    दामोदर भण्डारी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

    राजेन्द्र राई- टुंगो लाग्न बाँकी

    माओवादीबाट

    रेखा शर्मा- सञ्चार

    सुदन किराती- पर्यटन

    अमनलाल मोदी- सामान्य प्रशासन

    रास्वपाबाट

    शिशिर खनाल- शिक्षा

    डिपी अर्याल- श्रम तथा रोजगार

    राप्रपाबाट

    विक्रम पाण्डे- सहरी विकास

    ध्रुव प्रधान- कानून

    जनमतबाट

    अब्दुल खान- टुंगो लाग्न बाँकी

    राज्यमन्त्री

    डा. तोसिमा कार्की- स्वाथ्य राज्यमन्त्री

    दिपकबहादुर सिंह- सहरी विकास

    प्रकाशित मिति :माघ ३ २०७९ मंगलवार - १२:१९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij