Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मन्त्रिपरिषद् विस्तार: एमालेले टुंग्यायो मन्त्रीहरुको नाम, क–कसले खाँदैछन् मन्त्रीको शपथ ?

मन्त्रिपरिषद् विस्तार: एमालेले टुंग्यायो मन्त्रीहरुको नाम, क–कसले खाँदैछन् मन्त्रीको शपथ ?


  • 1.8K
    Shares

    मन्त्रिपरिषद् विस्तार: एमालेले टुंग्यायो मन्त्रीहरुको नाम, क–कसले खाँदैछन् मन्त्रीको शपथ  ?

    काठमाडौं । नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ । अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

    उच्च स्रोतका अनुसार, एमालेबाट डा। विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् ।

    यसअघि पुस ११ गते एमालेबाट यसअघि विष्णु पौडेलसहित ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीले मन्त्रीको सपथ लिएका छन् । पौडेलबाहेक अरू मन्त्रीको जिम्मेवारी तोकिएको छैन । आज उनीहरूको जिम्मेवारी समेत तोकिने छ । 

    स्रोतका अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाउने सम्भावना छ । 

    प्रकाशित मिति :माघ ३ २०७९ मंगलवार - ११:३६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij