Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

तीन भाई मन्त्रीलाई अगाडी लगाएर दलबल सहित ओली पार्टीको भिख माग्न पुगे निर्वाचन आयोग 

तीन भाई मन्त्रीलाई अगाडी लगाएर दलबल सहित ओली पार्टीको भिख माग्न पुगे निर्वाचन आयोग 


  • 9.0K
    Shares

    तीन भाई मन्त्रीलाई अगाडी लगाएर दलबल सहित ओली पार्टीको भिख माग्न पुगे निर्वाचन आयोग 
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका छन् ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा फुट आएको छ। पार्टी विभाजित भएपछि आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गर्न मंगलबार प्रधानमन्त्री ओली पार्टीका पदाधिकारीको टोलीसहित निर्वाचन आयोग पुगेका हुन् ।

    उक्त टोलीमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, पार्टी कार्यालयका सचिव ईश्वरी रिजाल लगायत रहेका छन्।

    कार्यलय सचिव रिजालले आफूहरु सरकारको नभइ पार्टी विवादको विषयमा छलफल गर्न निवाचन आयोग आएको जानकारी दिए।

    नेकपा विभाजनपछि दुवै समूहले आधिकारिकता दावी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि समूहलाई मान्यता दिएको छैन्।

    आयोगले विभाजनबारे छलफलका लागि नेकपाका दुवै पक्षलाई माघ १६ गते नै उपस्थित हुन भनेको भए पनि प्रचण्ड–नेपाल पक्षले थप समय मागेका कारण छलफल हुन सकेको थिएन।

    यसअघि प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा आफूहरु आधिकारिक भएको दावी गरिसकेको छ । पार्टी विभाजनपछि ओली पहिलोपटक नेकपा दावी गर्न निर्वाचन आयोग पुगेका हुन्।

    प्रकाशित मिति :माघ २७ २०७७ मंगलवार - १२:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij