२०८२ माघ १५ गते बिहिवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ। सत्ता गठबन्धन आवद्ध दलहरूको सहमति अनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय पाउने भएको छ।
राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा तथा सिंचाई मन्त्री हुने भएका छन्। शहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ। शहरी विकास मन्त्री ध्रुबबहादुर प्रधान बन्ने भएका छन्।
त्यस्तै, शहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
युवा तथा खेलकुदमा विक्रम पाण्डे र धवलशम्शेर राणामध्ये एक जना पठाउने तयारी रहेको राप्रपाका एक पदाधिकारीले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्दैछन्। प्रतिनिधि सभामा राप्रपाबाट १४ जना सांसद छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij