Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

लगभग टुङ्गियो मन्त्रालय भागबण्डा: रास्वपाले ३ मन्त्रालय पाउने, कुन-कुन ?

लगभग टुङ्गियो मन्त्रालय भागबण्डा: रास्वपाले ३ मन्त्रालय पाउने, कुन-कुन ?


  • 2.0K
    Shares

    लगभग टुङ्गियो मन्त्रालय भागबण्डा: रास्वपाले ३ मन्त्रालय पाउने, कुन-कुन ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ ।

    रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेछन् । एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री लिनेछ । सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ ।

    त्यस्तै राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई एकरएक मन्त्रालय छुट्याइएको छ ।

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागबन्डा लगभग टुङ्गिएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुङ्गिने बताएका छन् ।

    ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ । रास्वपाले स्वास्थ्य तथा जनसङ्ख्या पाउने पक्का भइसकेको छ । अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ । यसमा माओवादी केन्द्रको पनि दाबी रहेकाले अन्तिम निर्णय नभएको स्रोतको दाबी छ ।

    रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो । सुरुमा तीन मन्त्री र एक राज्यमन्त्री दिन शीर्ष नेताहरू तयार देखिएका थिए । तर सरकारमा सहभागी हुने दलहरू बढेपछि एक राज्यमन्त्री घटेको छ ।

    प्रकाशित मिति :माघ २ २०७९ सोमवार - १५:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij