२०८२ माघ १५ गते बिहिवार
कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आइतबार पाेखरामा विमान दुर्घटना हुँदा भएकाे ठूलाे मानवीय क्षतिकाे शाेकमा सरकारले आज बिदा दिएका कारण प्रदेशसभाकाे बैठक पनि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आजको बैठकमा उपसभामुख चयन गर्ने कार्यतालिका रहेको थियो । सचिवालयले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गते मंगलबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij