Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय

यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय


  • 1.6K
    Shares

    यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ । काठमाडौँबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटिआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

    बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रलाई निर्देशित गरेको छ। बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

    मन्त्रिपरिषद् बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठनसमेत गरेको छ। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ।

    बैठकले घटनाबारे मृतकका आफन्तलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थिव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको छ।

    साथै सबै हवाईजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। त्यसको अनुगमनको जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई तोकेकोसमेत बैठकले जनाएको छ।

    प्रकाशित मिति :माघ १ २०७९ आइतवार - १६:०१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij