Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मधेस प्रदेशका मुख्यमन्त्री यादवसँगै तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशका मुख्यमन्त्री यादवसँगै तीन मन्त्रीले लिए शपथ


  • 1.9K
    Shares

    मधेस प्रदेशका मुख्यमन्त्री यादवसँगै तीन मन्त्रीले लिए शपथ

    मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका हुन् । 

    मुख्यमन्त्री यादवसँगै अन्य तीनजना मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका छन् । 

    तीनैजना मन्त्रीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

    मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका हुन् । मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् । 

    यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । मधेसमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन् । 

    प्रकाशित मिति :पौष २९ २०७९ शुक्रवार - १३:१८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij