Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सडक अनुगमनपछि तुरुन्तै खाल्डा पुर्न मन्त्री श्रेष्ठको निर्देशन

सडक अनुगमनपछि तुरुन्तै खाल्डा पुर्न मन्त्री श्रेष्ठको निर्देशन


  • 2.0K
    Shares

    सडक अनुगमनपछि तुरुन्तै खाल्डा पुर्न मन्त्री श्रेष्ठको निर्देशन

    उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बालाजु, लैनचौर र लाजिम्पाट क्षेत्रको सडकको अनुगमन गरेका छन्।

    शुक्रबार बिहानै अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले सडकमा देखिएका खाल्डाहरू तत्काल पुर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।

    सडकको अवस्था जीर्णसँगै ड्रेन र ढलहरूमा समस्या देखिएकाले सडकको अवस्था जीर्ण हुने गरेको भन्दै इन्जिनियरहरूले गम्भीर भएर सडक र ढललाई नियमित रूपमा अनुगमन गरी मर्मत सुधार गर्न उनले निर्देशन दिए।

    मन्त्री श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्नेसमेत बताए। उनले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए।

    प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकहरुको बिचिल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएको पनि बताए। 

    उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रलाई उक्त कुरामा जोडेर नहेर्न आग्रह गरे। उनले सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए।

    मन्त्री श्रेष्ठले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताए।

    प्रकाशित मिति :पौष २९ २०७९ शुक्रवार - ११:५४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij