Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मन्त्रीहरु व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित

मन्त्रीहरु व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित


  • 1.8K
    Shares

    मन्त्रीहरु व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी अन्तिम समयमा स्थगित भएको हो। 

    सरकारका मन्त्रीहरु व्यस्त भएपछि बैठक स्थगित गरिएको प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ। ‘मन्त्रीहरु व्यस्त भएपछि बैठक स्थगित गरिएको हो। आज नियमित बैठक बस्ने तयारी थियो।’ स्रोतले भन्यो।

    आजको बैठकमा केही विद्येयक, सचिव र सहसचिवहरूको सरुवा लगायतका एजेण्डामाथि छलफल गर्ने तयारी थियो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन गएका छन्।

    अन्य केही मन्त्रीहरू पनि पूर्वनिर्धारित कार्यक्रममा व्यस्त भएपछि बैठक स्थगित गरिएको हो। मन्त्रिपरिषद् बिना विभागीय ४ सहित ८ सदस्यीय छ।

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १३:१३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij