Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित


  • 2.0K
    Shares

    प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

    प्रदेश नम्बर १ को प्रदेश सभाको सभामुख पदमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसले सभामुख पदमा दाबी नगरेपछि सत्ता गठबन्धनका उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित घोषित गरिएको हो।

    गौतम नेकपा माओवादी केन्द्रका सांसद हुन्। उनी ओखलढुंगा १ (ख) बाट निर्वाचित भएका थिए।

    प्रदेश १ मा नेकपा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री बनेका छन्। तर, नेकपा माओवादीले भने प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै आलोपालोको माग गरिरहेको छ। त्यसैले माओवादी केन्द्र प्रदेशमा सरकार बाहिर नै छ।

    केन्द्रीय सहमति अनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेले लिने र सभामुख माओवादी केन्द्रले लिने तय भएको थियो।

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १२:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij