Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रदेश १ सरकारको मन्त्रिमण्डल विस्तार हुने, प्रचण्डका ज्वाइँसहित दुईजना मन्त्री हुँदै

प्रदेश १ सरकारको मन्त्रिमण्डल विस्तार हुने, प्रचण्डका ज्वाइँसहित दुईजना मन्त्री हुँदै


  • 2.0K
    Shares

    प्रदेश १ सरकारको मन्त्रिमण्डल विस्तार हुने, प्रचण्डका ज्वाइँसहित दुईजना मन्त्री हुँदै

    प्रदेश १ सरकारको मन्त्रिमण्डल विस्तार हुने भएको छ। नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि सरकार विस्तार गर्ने लागिएको हो। 

    माओवादी केन्द्रबाट जीवन आर्चाय र दुर्गा चापागाईंलाई मन्त्रिमण्डलमा पठाउने तयारी गरिएको छ। मन्त्री बन्न लागेका आर्चाय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्।

    त्यस्तै, एमालेबाट एकजना मन्त्रिमण्डलमा सहभागी हुने भएका छन्। एमालेबाट बुद्धिकुमार राज भण्डारी सहभागी हुने बताइएको छ।

    नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादीले आधा-आधा कार्यकाल आलोपालो सहमति नभएको भएको भन्दै सरकारमा जान मानेको थिएन।

    माओवादीमा पनि मन्त्री बन्न लागेका आचार्यका कारण विवाद भएको थियो। त्यहाँ अर्का प्रदेश सभा सदस्य गणेश उप्रेती पनि मन्त्री हुने दौडमा थिए।

    आचार्यले पार्टी केन्द्र र अध्यक्ष प्रचण्डकोसमेत सहानुभूति लिन सफल भएपछि माओवादीमा लामो योगदान दिएका उप्रेतीलाई समस्या भएको थियो। 

    अन्तत: उप्रेतीलाई पछि पार्दै आचार्य मन्त्री हुने पक्का भएको छ। पार्टीमा लामो योगदान नभए पनि आचार्य प्रचण्ड परिवारकै भएका कारण मन्त्री हुन लागेको भन्दै माओवादीमा चर्को विवाद भएको थियो। त्यहीकारण मुख्यमन्त्री कार्कीले गत सोमबार सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए।

    त्यसबेला कार्कीले एमालेका तिलकुमार नेम्वाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्ति प्रसाद सिटौला र जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूलाई मन्त्री बनाएका थिए। 

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १२:१४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij