Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एकताका लागि वार्ता गर्दै जसपा र एकीकृत समाजवादी

एकताका लागि वार्ता गर्दै जसपा र एकीकृत समाजवादी


  • 1.7K
    Shares

    एकताका लागि वार्ता गर्दै जसपा र एकीकृत समाजवादी

    जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच पार्टी एकता गर्न पहिलो चरणमा औपचारिक छलफल हुन लागेको छ। 

    दुवै पार्टीको कार्यदलबीच आज मध्यान्ह १२ बजे सिंहदरबारमा छलफल हुन लागेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। जसपा र एसले एकताको पहलका लागि कार्यदल गठन गरेका छन्। 

    जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस)को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् । 

    जसपाले समाजवादी पार्टीसँग एकता गर्ने बताउँदै आएको छ भने एसले वाम एकता गर्न वार्ता समिति बनाएको हो। दुई पार्टीमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई हम्मेहम्मे पर्ने नेताहरुले बताएका छन्।

    गत मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि जसपा र माओवादीसँग एकताका लागि एस कार्यदल बनाएको हो। जसपाले संसदमा १२ सिट र एसले १० सिट जितेको छ।  

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - १२:१२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij