Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

लुम्बिनी प्रदेश: नवनियुक्त मुख्यमन्त्री गिरीको शपथ आज, को–को बन्दैछन् मन्त्री ?

लुम्बिनी प्रदेश: नवनियुक्त मुख्यमन्त्री गिरीको शपथ आज, को–को बन्दैछन् मन्त्री ?


  • 2.0K
    Shares

    लुम्बिनी प्रदेश: नवनियुक्त मुख्यमन्त्री गिरीको शपथ आज, को–को बन्दैछन् मन्त्री ?

    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीवार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

    बुधवार मुख्यमन्त्री नियुक्त भएका गिरीलाई दिउँसो १ बजे प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा शपथ गराउने कार्यतालिका छ । गिरीले शपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

    पहिलो चरणमा मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरासहित एमालेका चेतनारायण आचार्यलाई मन्त्री बनाएर ३ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका एमाले नेता तथा सांसद भोजप्रसाद श्रेष्ठले जानकारी दिए । आचार्य अर्घाखाँचीका हुन् भने महरा रोल्पाका हुन् । महरा मुख्यमन्त्रीका दाबेदार थिए । 

    एमालेबाट मन्त्रीका लागि कपिलवस्तुका विष्णु पन्थी र रूपन्देहीका भोजप्रसाद श्रेष्ठ लगायत आकांक्षी छन् । कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने अझै टुंगो लाग्न सकेको छैन ।

    मुख्यमन्त्री गिरी १४ वटा मन्त्रालयलाई घटाएर बढीमा ११ बनाउने तयारीमा छन् । एमालेलाई ४, माओवादीलाई २ र साना दललाई १/१ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी छ । गिरी ७ दल र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादीले ४ मन्त्रालय दाबी गरेको छ ।

    नागरिक उन्मुक्ति पार्टी, जनमत, जसपा र लोसपाले पनि हैसियतभन्दा बढी मन्त्री माग गरेर मोर्चाबन्दी गरेका छन् । त्यसले पनि मन्त्रालयको भागबण्डा मिलाउन कठिन भएकाले विश्वासको मत लिएपछि मात्रै पूर्ण आकारको मन्त्रिमण्डल बनाउने मुख्यमन्त्रीको तयारी छ ।

    केन्द्रमा सरकार बाहिर रहेको लोसपाले पनि लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । मन्त्री पाइने लोभमा लोसपाले सरकार बनाउन हस्ताक्षर गरेको राजनीतिक वृत्तमा चर्चा छ । लोसपा विना पनि सत्ता गठबन्धनलाई पर्याप्त बहुमत हुँदाहुँदै मन्त्री बन्न पाइन्छ कि भन्ने लोभमै गठबन्धनमा मिसिएको टिप्पणी छ । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । 

    प्रकाशित मिति :पौष २८ २०७९ बिहिवार - ११:१३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij