Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

केन्द्रको निर्णय उल्ट्याउँदै कर्णालीमा एमाले र माओवादीले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति

केन्द्रको निर्णय उल्ट्याउँदै कर्णालीमा एमाले र माओवादीले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति


  • 1.9K
    Shares

    केन्द्रको निर्णय उल्ट्याउँदै कर्णालीमा एमाले र माओवादीले पालैपालो सरकारको नेतृत्व गर्ने सहमति

    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन्। मुख्यमन्त्रीमा दाबी पेश गर्न केही घण्टा मात्रै बाँकी रहँदा मुख्यमन्त्री आलोपालो बन्न दुई दलबीच समझदारी भएको छ।

     

    केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णाली प्रदेशमा दुई दलको बैठकले आलोपालो नेतृत्व गर्ने समझदारी गरेको हो।

    अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन्। त्यसपछिको साढे दुई वर्ष नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।

    यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्री दाबी पेश गर्दैछन ।

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - १६:३२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij