Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

लुम्बिनीको मुख्यमन्त्री बन्दै लिला गिरी, ५८ सांसदको समर्थनसहित दाबी पेस

लुम्बिनीको मुख्यमन्त्री बन्दै लिला गिरी, ५८ सांसदको समर्थनसहित दाबी पेस


  • 1.8K
    Shares

    लुम्बिनीको मुख्यमन्त्री बन्दै लिला गिरी, ५८ सांसदको समर्थनसहित दाबी पेस

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका हुन् ।

    गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।

    ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ । गिरीलाई प्रदेश सभाका १० मध्ये   ७ दल र २ स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

    प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (पार्टी प्रवेश गरेका १ जना स्वतन्त्र सहित), राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४ सांसद छन् ।

    यस्तै जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमतका ३–३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक जना तथा माओवादी केन्द्रका बागी (स्वतन्त्र)  ३ सिट जितेका छन् । रोल्पा १ (२)बाट विजयी दीपेन्द्र कुमार पुनमगर भने माओवादी केन्द्रमै फर्किसकेका छन् ।

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - १४:२३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij