Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

जनार्दन र वर्षमान सरकारमा जाने सम्भावना कति ?

जनार्दन र वर्षमान सरकारमा जाने सम्भावना कति ?


  • 1.8K
    Shares

    जनार्दन र वर्षमान सरकारमा जाने सम्भावना कति ?

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लागेको छैन् । उप–प्रधानमन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी छन् ।

    नेताहरुका अनुसार माओवादीले बढीमा पाँच मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालयको टुङ्गो भने लागेको छैन ।

    यसपटक जनार्दन शर्मा र वर्षमान पुन सरकारमा जाने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् । शर्मा देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनको कार्यकाल विवादित बनेको थियो । वर्षमानले भने गृहमा दाबी गरेका थिए । तर गृह माओवादीको भागमा नपरेपछि उनी सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको उनी निकट एक नेताले बताए ।

    तर माओवादीबाट शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, महेन्द्रराय यादव, माधव सापकोटा, हितबहादुर तामाङ र सुदन किराती मन्त्री बन्ने सम्भावना छ ।

    यसबाहेक रुपा चौधरीले राज्यमन्त्री पाउने सम्भावना रहेको नेताहरु बताउँछन् । प्रचण्ड निकट एक नेताका अनुसार माओवादीले परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ । परराष्ट्र मन्त्रालयमा माओवादीका शक्ति बस्नेतको दाबी रहेको बताइएको छ ।

    बस्नेत, यादव, तामाङ र रेखा शर्मा यसअघि पनि मन्त्री भइसकेका अनुहार हुन् । प्रचण्डले आफूनिकट नेताहरुसँग सम्भावित मन्त्रीका बारेमा छलफल जारी राखेको समेत बताइएको छ । 

     

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - १३:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij